बुद्ध जयन्ती विशेष
रुपन्देही — शान्तिका अग्रदूत र विश्वशान्तिका प्रतीक सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको २५६९औं जयन्ती विशेष पूजा, प्रार्थना र प्रवचनसहित देशभर मनाइँदैछ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व यसवर्ष लुम्बिनीमा विशेष रौनकका साथ मनाइँदैछ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै दिन अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यो दिनलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन्। नेपालमा विशेषगरी लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका स्थानहरूमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
लुम्बिनीलाई यसवर्ष विशेष रूपमा झकिझकाउ बनाइएको छ। मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई आकर्षक रङ्गीन बत्तीहरूले झिलीमिली बनाइएको छ। विभिन्न बौद्ध स्तूपा र विहारहरूलाई समेत रंगीचंगी बत्तीहरू र सजावटले झकिझकाउ पारिएको छ।
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष पूजा, प्रार्थना तथा शान्ति र्यालीको आयोजना गरिनेछ। मूल समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। प्रचारप्रसार समिति संयोजक ढुण्डीराज भट्टराईका अनुसार, यस अवसरमा देश तथा विदेशबाट हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिता अपेक्षा गरिएको छ । 
View : 579
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved