इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५
विराटनगर । इन्डिया स्टार वर्ल्ड रेकर्डद्वारा आयोजना गरिएको “इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५” मा विराटनगरस्थित एस्पायर कलेजका एक्जिक्युटिभ शेफ अखिलेश प्रताप सिंह सम्मानित भएका छन्। पाककला र आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, सृजनशीलता र व्यावसायिक समर्पणको कदरस्वरूप उनलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।
शेफ सिंहले विगत लामो समयदेखि पाककला क्षेत्रमा नवीन सोच, स्वादमा प्रयोगशीलता र नेतृत्व क्षमताका माध्यमबाट उल्लेखनीय पहिचान बनाएका छन्। उनले हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय सीप विकास र व्यावसायिक प्रशिक्षणमा दिएको योगदानले धेरैलाई प्रेरित गरेको छ।
इन्डिया स्टार वर्ल्ड रेकर्डका अनुसार, शेफ सिंहको योगदानले पाककला र हस्पिटालिटी क्षेत्रमा नेपाली पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ।
यो सम्मान शेफ अखिलेश प्रताप सिंहको व्यक्तिगत सफलता मात्र नभई विराटनगरको एस्पायर कलेज र नेपालको पाककला समुदायका लागि गौरवको विषय बनेको छ।
View : 392
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved