कोशी प्रदेश
विराटनगर — कोशी प्रदेशसभाको सातौँ बजेट अधिवेशनको दोस्रो बैठक आज बस्दैछ। दिउँसो ३ बजे सुरु हुने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। प्रदेशसभा सचिवालयका अनुसार नीति तथा कार्यक्रम प्रस्तुतिपछि सांसदहरूले छलफलमा भाग लिँदै यसबारे धारणा राख्नेछन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोशी प्रदेशको आर्थिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, र रोजगारजस्ता क्षेत्रमा प्राथमिकता दिने अपेक्षा गरिएको छ। यसअघि, पहिलो बैठकमा सरकारले बजेट अधिवेशनका मुख्य एजेन्डामाथि प्रारम्भिक छलफल गरेको थियो।
View : 612
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved