काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसइई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।
नतिजा अनुसार ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना छन् भने जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जिपिए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् । त्यस्तै पीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जिपिए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।
लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ।
यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । २०८० मा सञ्चालित एसइईको नियमित परीक्षामा पनि ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएपछि सरकारले सबै अनुत्तीर्ण विद्यार्थीलाई पूरक परीक्षा दिने अवसर दिएको थियो ।
View : 154
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved