Biratnagar, Morang, Nepal
राजनीति

निर्वाचनका कारण ललितपुरमा भोली फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु स्थगित

-
अखवारका कुरा
२० फागुन २०८२, बुधवार

Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बिहीबार फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु ललितपुर महानगरपालिकालले स्थगित गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण भोलीका लागि नियमित फोहोर सङ्कलन कार्य स्थगित गरिएको जानकारी दिएको छ ।

फोहोर सङ्कलन कार्य स्थगित हुने भएकाले फोहोरलाई जथाभाबी सडक, सार्वजनिक स्थल वा खुल्ला ठाउँमा नफाल्न महानगरले आग्रह समेत गरेको छ ।

View : 37

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved