विराटनगर। विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही निर्वाचित भएका छन्। संस्थाको नयाँ नेतृत्व चयनका लागि विराटनगर जेसीजको सचिवालयमा सम्पन्न निर्वाचनबाट शाहीको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको हो।
निर्वाचनबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल निर्वाचित भएका छन्। त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना थापा र गौरव कर्ण निर्वाचित भएका छन्।
यसैगरी तालिम निर्देशकमा सबिन अधिकारी निर्वाचित भएका छन् भने उपाध्यक्षमा हेमन्त रजक, रोशनी प्रधान र पंकज मेहता र प्रविण दाहाल चयन भएका छन्। जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा निर्वाचित भएको निर्वाचन आयुक्त प्रीतेशराज दाहालले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष शाहीले सबै सदस्यलाई समेटेर संस्थाको गरिमा अभिवृद्धि गर्ने गरी काम गर्ने बताएका छन्। उनले युवा नेतृत्व विकास, सामाजिक सेवा र संस्थागत गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवा नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको विराटनगर जेसीजले नयाँ नेतृत्वमार्फत संस्थाका गतिविधिलाई थप प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमितिको चयनसँगै आगामी कार्यकालमा नेतृत्व विकास, तालिम, सामाजिक सेवा तथा सामुदायिक सहभागिताका कार्यक्रमलाई थप व्यवस्थित र उपलब्धिमूलक बनाउने जिम्मेवारी नयाँ नेतृत्वमाथि आएको छ।
View : 427
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved