Biratnagar, Morang, Nepal
देश

मर्मतको नाममा जोखिमपूर्ण बन्दै बानेश्वरको फुटपाथ (तस्विरहरू )

-
अखवारका कुरा
१३ जेठ २०८३, बुधवार

Advertisement

राजधानीको व्यस्त क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण तथा मर्मतको नाममा पटक–पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । फुटपाथ क्षेत्रमा जथाभावी छाडिएका इटा, ब्लक र ठूला–ठूला खाल्डाका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा दृष्टिविहीन व्यक्तिहरूलाई रातको समयमा हिँडडुल गर्न थप कठिनाइ भइरहेको छ । निर्माण सामग्री व्यवस्थित नगरी सडक किनारमै छरपस्ट राखिँदा दुर्घटनाको जोखिम बढेको छ ।

View : 29

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved