Biratnagar, Morang, Nepal
शिक्षा

कानून क्विजमा अन्नपूर्ण कलेज अफ ल प्रथम

-
अखवारका कुरा
२८ चैत २०८२, शनिवार

Advertisement


विराटनगर : अन्नपूर्ण कलेज अफ ल (ACL) का विद्यार्थीहरूले कानूनसम्बन्धी राष्ट्रियस्तरको क्विज प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्।
नेपाल प्रगतिशील कानून व्यवसायी एसोसिएसन अन्तर्गतको कानून विद्यार्थी विभाग (NPLALSD) द्वारा २०८२ चैत २८ गते विराटनगर–७ स्थित स्केट एरिना मा आयोजित प्रतियोगितामा कलेजका विद्यार्थी टोली उत्कृष्ट बन्दै शीर्ष स्थान सुरक्षित गरेका हुन्।
प्रतियोगितामा समीर कार्की, मुना कार्की, बिमला तिवारी र इन्दिरा भट्टराई सम्मिलित टोलीले प्रभावशाली प्रस्तुति दिँदै पहिलो स्थान हात पारेको कलेजले जनाएको छ।
यसैगरी कलेजबाट रिया प्रधान, सबिना कार्की, स्मृति शर्मा र युजिना तिमिल्सिनाले पनि सहभागिता जनाएका थिए।

कलेजका प्रिन्सिपल विकास थापाले विद्यार्थीहरूको उपलब्धिलाई संस्थाको गौरवका रूपमा व्याख्या गर्दै भने, “विद्यार्थीहरूको मेहनत, अनुशासन र कानूनप्रतिको प्रतिबद्धताले आज यस्तो सफलता दिलाएको हो। यो उपलब्धिले भविष्यमा अझ ठूला उपलब्धिका लागि प्रेरणा दिनेछ।”

प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूबीच कानूनसम्बन्धी ज्ञान, विश्लेषण क्षमता र प्रस्तुति कौशलमा प्रतिस्पर्धा भएको थियो। विजेता टोलीले आफ्नो अध्ययन, समर्पण र क्षमतामार्फत कलेजको प्रतिष्ठा उकास्न सफल भएको कलेज प्रशासनको भनाइ छ।

View : 134

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved