Biratnagar, Morang, Nepal
देश

महावीर पुनको घोषणा

‘मन्त्री नभन्नु, भन्नै परे कवाडी वैज्ञानिक मन्त्री भन्नु’ : महावीर पुन

-
अखवारका कुरा
६ असोज २०८२, सोमवार

Advertisement

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस गरिएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उनलाई मन्त्री बनाउन लागेको हो। तर पुनले भने आफूलाई ‘मन्त्री’ नभन्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत पुनले लेखेका छन्, ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने "कवाडी वैज्ञानिक मन्त्री" भन्नुहोला।’

उनले अरूलाई फोन गरेर ‘बधाई छ’ भन्न वा खादा–माला लिएर भेट्न नआउन आग्रह पनि गरेका छन्। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम वा विचार भए आफ्नै ह्वाट्सएपमा पठाउन आग्रह गरेका छन्।

विज्ञान, अनुसन्धान र सामाजिक नवप्रवर्तनका क्षेत्रमा सक्रिय पुन आविष्कार केन्द्रमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारदेखि स्वास्थ्य प्रविधिसम्मका काममा संलग्न रहँदै आएका छन्।

View : 263

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved