Biratnagar, Morang, Nepal
राजनीति

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षले भने : निर्वाचनमा सेना अगाडि आउँदैन

-
अखवारका कुरा
११ फागुन २०८२, सोमवार

Advertisement

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष डा.गोपाल कृष्ण शिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।
सोमबार राजधानीमा गरेको कार्यक्रममा अरु सूरक्षा निकाय भन्दा नेपाली सेना अगाडि आएर भूमिका खेल्ने विषय सत्य नभएको समेत बताएका छन् ।
डा.शिवाकोटीले निर्वाचर्नको लागि जम्मा नौं दिनमात्रै बाँकी रहँदा कतिपयले चुनाव निर्धारित समयमा हुँदैन भनेर भ्रम फैलाउन खोजेकोप्रति समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘निर्वाचानको सम्पूर्ण तयारी पुगिसकेको र नहुनुपर्ने कुनै ठूलो कारण नभएकाले कोही कसैको भ्रममा पर्नु हुँदैन,’ शिवाकोटीले भने ।
सरकारले सम्भावित खतरालाई मध्यनजर गरेर निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेपनि सेना नै अगाडि आउने कुरा सत्य नरहेको उनको भनाई छ ।
‘कतिपयले सेनालाई निर्वाचनमा प्रमुख भूमिकामा ल्याउने, सेनाको बलमा निर्वाचनको परिणाम निश्चित व्यक्ति र पार्टीको पक्षमा ‘फिक्सिङ’को षड्यन्त्र भनेर हल्ला गर्नु निर्वाचन विरोधी ‘प्रोभोकेसन’ मात्रै हो,’ सिवाकोटीले भने ।
जेनजी विद्रोहपछि हुन लगेको निर्वाचनप्रति अन्तराष्ट्रिय निकायको व्यापक चासो रहेपनि सोचेजतिका अन्तर्राष्ट्रिय पर्यवेक्षकको उपस्थिति नहुने संकेत रहेको उनको भनाई छ ।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved