काठमाडौं । तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् ।
यसै क्रममा गीतकार निर्मलराज पौडेलको ‘झिलिमिली तिहारलाई’ नामक तिहारगीत सार्बजनिक भएको छ ।
गीतमा पौडेलसहित गायिका समान्ता थापा, निरज तिमल्सिना र मनिष पौडेलले स्वर दिएका छन् । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने मोहित मुनालले संगीत दिएका छन् ।
गीतकार तथा गायक पौडेलले भने, ‘बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतीहरुलाई हाम्रा सन्ततिहरुले पनि थाहा पाँउन्, महशुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।’
गीतमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु कागपुजा, कुकुर पुजा, लक्ष्मी पूजा, गाई गोरु पूजा र भाई पूजालाई पनि समेटिएको छ ।
गीतमा नेपालीहरुले तिहार मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दशैं गीत पनि सार्बजनिक भएको थियो ।
View : 173
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved