काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् ।
सभापति लामिछानले बैठक आज (शनिबार) दिउसो १ बजे चितवनको भरतपुरस्थित होटेल सिमटीको हलमा बस्ने गरी आह्वान गरेका हुन् ।
चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।
आजको बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची छ । यसैगरी, महाधिवेशनमा प्रस्तुत प्रतिवेदका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत छलफल हुने कार्यसूची तय भएको छ ।
View : 22
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved