काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण भएको छ । सोमबार सुन २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको हो । सोमबार २ हजार ९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको छ ।
View : 96
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved