विधार्थीको रोजाइमा अर्किड
विराटनगर, श्रावण ७
ज्ञानको दायरा फराकिलो बनाउँदै, अनुशासन र मिहिनेतलाई मार्गदर्शन बनाउँदै विधार्थीको चौतर्फी विकासमा अघि बढेको अर्किड कलेजले साइन्स र म्यानेजमेन्टमा भर्ना भएका १००० भन्दा बढी नवआगन्तुक विद्यार्थीहरूको सम्मानमा भव्य अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
मंगलबार विराटनगरको होटल मनास्लुइनमा आयोजित कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउँदै उनीहरूलाई नयाँ लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्यो।
कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकालले शिक्षामा गुणस्तरको निरन्तरता र नवीनतामार्फत भविष्य निर्माण गर्ने कलेजको प्रतिवद्धता व्यक्त गरे। “हामीले थुप्रै प्रेरक क्षण र सफलता सँगाल्दै आएका छौं। अब अझ उचाइ चुम्ने यात्रा सुरु भएको छ,” उनले भने।
कलेजका निर्देशक दिपेश बास्तोलाले अर्किड कलेजले शिक्षा मात्रै होइन, अनगिन्ती सम्झना, सफलता र जीवनका अनमोल मोडहरू सिर्जना गर्दै आएको बताए।
अर्का निर्देशक राजन दत्तले अनुशासनलाई नै सफलताको जग भन्दै विद्यार्थीहरूलाई अनुशासित जीवनशैली अंगाल्न कलेजले अवलम्बन गरेका नियमहरुको वारेमा जानकारी गराए ।
प्रधानाध्यापक सी.एम. श्रेष्ठले विद्यार्थीहरूलाई आफ्नो रुचि र लक्ष्य स्पष्ट पार्दै अध्ययनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले भने, “२०७६ को बोर्ड परीक्षामा टपर निकाल्न सफल भएको यो कलेजले आजसम्म खेलकुददेखि चिकित्सा, इन्जिनियरिङ, कलासम्मका क्षेत्रमा हजारौं प्रतिभा जन्माइसकेको छ।”
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख जीवन गड्तौलाले विद्यार्थीलाई समयसँगै अघि बढ्न र प्रविधिसँग नजिक भएर अध्ययन गर्न प्रेरित गरे। उनले सकारात्मक सोच, लगन र सही दिशामा मिहिनेत गर्न सकेमा सफलता हात लाग्ने विचार व्यक्त गरे ।
नवआगन्तुक विद्यार्थीहरूले कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै कलेजप्रतिको भरोसा र आशा व्यक्त गरे। उनीहरूले कलेजले दिएको आत्मीयता र अवसरको प्रशंसा गरे। कार्यक्रम नृत्य, गायन र प्रेरक प्रस्तुतिहरूले झनै उल्लासमय बनेको थियो।
कलेजका शिक्षकद्वय मनोज तिवारी र सिद्धार्थ साहको सहज र रोचक सञ्चालनले कार्यक्रम थप आकर्षक बनेको थियो। अभिभावक, विद्यार्थी, शिक्षक र शुभचिन्तकहरूको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले कलेजको आगामी योजनाप्रति पनि उत्सुकता व्यक्त गरे।
कार्यक्रममा कक्षा ११ मा उत्कृष्ट्ता प्रदर्शन गर्ने विधार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
शिक्षा मात्र होइन, प्रतिभा र व्यक्तित्व विकासमा समेत अग्रणी मानिएको अर्किड कलेजले नयाँ विद्यार्थीहरूसँग नयाँ यात्रा आरम्भ गरेको छ।
शिक्षाको हब बन्दै गरेको विराटनगरमा अर्किड कलेजले पुर्याएको योगदानका कारण अर्किडमा विधार्थीको चाप हरेक बर्ष बढ्ने गरेको छ ।
View : 301
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved