Biratnagar, Morang, Nepal
अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

-
अखवारका कुरा
२ असार २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ६७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४३ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

View : 25

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved