शिव शंकरले लेखे स्वर्णिम इतिहास
विराटनगर — लियो जिल्ला परिषद ३२५ C अन्तर्गतको चौथो काउन्सिल मिटिङ तथा वार्षिक अवार्ड वितरण समारोह शनिबार विराटनगरमा भव्यता र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम परिषदका अध्यक्ष शिव शंकर मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो।
सो अवसरमा वर्षभरि सेवा, नेतृत्व र आयोजनात्मक दक्षता प्रदर्शन गर्ने लियो सदस्य, क्लब तथा पदाधिकारीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
समारोहमा लायन्स डिस्ट्रीक्ट ३२५ C का डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले लियोहरूको सक्रियता, सेवाभाव र अनुशासनप्रति खुलेर प्रशंसा व्यक्त गर्दै भने, “लियोहरूको समर्पण र निरन्तर प्रयासले लायन्स आन्दोलनको भविष्य उज्यालो बनाएको छ। यिनीहरू समाज परिवर्तनका सशक्त चालक बन्न सक्षम छन्।”
कार्यक्रममा लायन्स डिस्ट्रीक्टका सचिव लायन उदय नारायण बराल, कोषाध्यक्ष लायन रमेश खत्री, पूर्व गभर्नर लायन धीरज गुरुङ, लायन डा. सन्देश दास श्रेष्ठ, लायन रेखा गुरुङ, लायन शिव रिजाललगायत वरिष्ठ लायन्स नेताहरूको उपस्थिति रहेको थियो। साथै, लियो क्लब चियरपर्सन लियो लायन चाँद बाबु इराकी, पूर्व डिस्ट्रिक्ट प्रेसिडेन्टहरू मुकेश पौडेल , अधिवक्ता रन्जन कुमार शाही तथा विभिन्न क्लबका अध्यक्ष र प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमको मुख्य आकर्षण बनेका डिस्ट्रीक्टले प्रदान गर्ने ‘लियो अफ दि इयर’ अवार्ड विजेता सदिक अन्सारीलाई ४ हजारभन्दा बढी व्यक्तिलाई रक्तदानमा प्रेरित गरेबापत सम्मान गरियो।
त्यस्तै, बेस्ट प्रेसिडेन्ट, बेस्ट सेक्रेटरी, बेस्ट ट्रेजरर, फर्स्ट भाइस प्रेसिडेन्ट, क्लब अफ दि इयर, आइकनिक लिडर, बेस्ट प्रोजेक्ट, आउटस्ट्यान्डिङ बोर्ड मेम्बर लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने लियोहरूलाई ट्रफी, प्रमाणपत्र र प्रशंसापत्रसहित सम्मान गरियो।
समारोहको अन्त्यमा परिषद अध्यक्ष शिव शंकर मण्डलले भावुक हुँदै मन्तव्य दिँदै भने,
“मेरो प्रयासमा वर्षभरि साथ दिँदै, हातमा हात मिलाएर अगाडि बढ्नु भएकोमा म सम्पूर्ण लियो परिवारप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु। मेरो सफलतामा रमाउनु भयो, र अप्ठ्यारा समयहरूमा पनि कहिल्यै साथ छोड्नु भएन। तपाईंहरूले देखाएको समर्पण, प्रतिबद्धता र विश्वासका लागि म जीवनभर आभारी रहनेछु।
सत्य, निष्ठा र एकतामा आधारित यो यात्राले लियो आन्दोलनलाई अझ मजबुत बनाएको छ। सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु — यही साथ, यही आत्मीयता, यही लियो भावना हाम्रो प्रेरणा हो।”
View : 764
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved