विराटनगर - नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन लक्षित चुनाव प्रचार–प्रसार टोलीसँग मोरङ उद्योग व्यापार संघले भेटघाट तथा छलफल गरेको छ।
चैत १२ गते बिहीबार संघको कार्यालयमा आयोजित कार्यक्रममा महासंघका विभिन्न प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी भएका थिए।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव संजयकुमार श्रेष्ठले सञ्चालन गरेका थिए। कार्यक्रममा निर्वतमान अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहसहित संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा महासंघको आगामी नेतृत्व चयन, निजी क्षेत्रको भूमिका र व्यवसायिक वातावरण सुधारका विषयमा केन्द्रित बहस भएको थियो। सहभागीहरूले उद्योगी–व्यवसायीका समस्या समाधान, नीतिगत सुधार तथा निजी क्षेत्रको सशक्तीकरणका लागि सक्षम र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
संघले महासंघको निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रको छाता संगठनका रूपमा महासंघलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग र समर्थन निरन्तर रहने जनाएको छ।
View : 40
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved