सामाजिक सेवामा लियो
इटहरी-५ , [मिति] - २०८२/०१/११ – लियो क्लब अफ इटहरी सिटीको आयोजनामा तथा नव दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा ‘भ्वाइस अफ चिल्ड्रेन’ संस्थामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त शिविरमा करिब २०० जना बालबालिका तथा स्थानीय नागरिकहरूलाई लक्षित गरी आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष लियो अमर दिप पौडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी का एरिया चिफ तथा प्याबसन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल उपस्थित रहनु भएको थियो।
कार्यक्रममा टोल विकास अध्यक्ष डिल्लीराम गुरागाईं, भ्वाइस अफ चिल्ड्रेनका इन्चार्ज प्रकाश परियार, लियो क्लब अफ इटहरी सिटीका पूर्व अध्यक्ष राजा श्रेष्ठ, नव दृष्टि आई हस्पिटलका प्रतिनिधि अर्जुन चौधरी तथा डा. इन्द्रजित महरा, साथै क्लबका सदस्यहरू लियो आर्यन कटुवाल, अस्वीन सेलीङ, गगन चम्लागाईं, आयुस गौतम, क्रिस पौडेल, सागर श्रेष्ठ, भावना ओझा लगायत स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन लियो आयुस ढुङ्गेलले गरेका थिए।
शिविरमा सहभागीहरूले निःशुल्क प्रदान गरिएको सेवा निकै लाभदायक भएको प्रतिक्रिया दिएका छन्। नव दृष्टिको विशेषज्ञ टोलीले आँखाको सामान्य जाँचदेखि विशेष उपचारसम्मका सेवा उपलब्ध गराएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थानेश्वर ढकालले आँखा स्वास्थ्यको संवेदनशीलतालाई दृष्टिगत गर्दै यस्ता शिविरहरूले भविष्यमा आँखासम्बन्धी गम्भीर समस्या न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले लियो क्लब अफ इटहरी सिटी तथा नव दृष्टि आई हस्पिटललाई मानवसेवामूलक कार्यको लागि धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रमको समापनमा क्लब पदाधिकारीहरूले यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। यस सफल शिविरले लियो क्लब अफ इटहरी सिटीको सामाजिक सेवामा अग्रणी भूमिका पुष्टि गरेको छ।
View : 158
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved