फ्राइडे रिलिज
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आर्टमाण्डू प्रालिको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ आजदेखि प्रदर्शनमा आएको छ। निर्देशक नवीन चौहानको निर्देशनमा बनेको यो चलचित्र पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको हो।
चलचित्रमा विपीन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा र माओत्से गुरुङको मुख्य भूमिका रहेको छ।
‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बंगालको सीमासम्म फैलिएको छ। चलचित्रले स्थानीय सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र जीवनका विभिन्न पाटोलाई समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन्।
संगीतमा सुजन चापागाईं र झुमा लिम्बूको योगदान रहेको छ भने फिल्म प्रदशन अघि नै चर्चा कमाएको गीत काफ्लेको रचना युवराज काफ्लेले गरेका हुन । चलचित्रले ग्रामीण परिवेशका पात्रहरूको जीवनसंघर्ष र सामाजिकीकरणलाई पर्दामा उतार्ने प्रयास गरेको छ।
View : 539
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved