विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको निर्वाचन तालिका परिवर्तन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले यसअघि असोज १३ गतेका लागि तय गरेको मतदान एक दिन पछि सार्दै असोज १४ गते बुधबार गर्ने निर्णय गरेको हो ।
निर्वाचन अधिकृत अधिवक्ता विकास थापाले असोज १२ गते जारी गरेको सूचनामा प्राविधिक तथा विशेष परिस्थिति उत्पन्न भएकाले मतदानको मिति परिवर्तन गरिएको उल्लेख छ ।
संशोधित तालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समय असोज १३ गते साँझ ५ बजेसम्म तोकिएको छ । सोही दिन साँझ ५ः३० बजे अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ ।
मतदान बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान स्थल नेपाली कांग्रेस मोरङ जिल्ला पार्टी कार्यालय, विराटनगर–१ तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले संशोधित तालिकाअनुसार निर्वाचन प्रक्रियामा सहभागी हुन सम्बन्धित प्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
View : 143
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved