Biratnagar, Morang, Nepal
स्वास्थ

युवालाई आत्महत्या रोकथामबारे सचेतना

-
अखवारका कुरा
२५ भदौ २०८३, बिहिवार

Advertisement


विराटनगर :  युवामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामबारे सचेतना फैलाउने उद्देश्यले विराटनगरमा सचेतना कार्यक्रम आयोजना गरिएको छ।
विश्व आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा लायन्स/लियो क्लब अफ विराटनगर मोरङले कोशी हेल्थ इन्स्टिच्युटको सहकार्यमा ‘Changing the Narrative on Suicide’ नारासहित कार्यक्रम गरेको हो।
कार्यक्रममा पीसीएल नर्सिङ तथा जनरल मेडिसिन प्रथम वर्षमा अध्ययनरत ८० विद्यार्थी सहभागी थिए। प्रमुख वक्ता प्रमुख कन्सल्टेन्ट मनोचिकित्सक तथा पूर्व स्वास्थ्य तथा जनसंख्या सचिव लायन डा. रोशन पोखरेलले आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य, सामाजिक लाञ्छना न्यूनीकरण तथा समस्यामा परेका व्यक्तिले समयमै सहयोग लिनुपर्ने विषयमा जानकारी दिए।
लायन्स क्लब अफ विराटनगर मोरङकि  अध्यक्ष रक्षा दाहालले मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने वातावरण बनाउनुपर्ने बताइन्। युवामा देखिने मानसिक तनाव, एक्लोपन र भावनात्मक समस्यालाई समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा लायन्स डिस्ट्रीक्ट ३२५ सीका द्वितीय भाइस डिस्ट्रीक्ट गभर्नर लायन उदय नारायण बराल, चिफ ट्रेनिङ पुल लायन सुधन पौडेलसहित विभिन्न लायन्स तथा लियो क्लबका सदस्यहरूको उपस्थिति थियो।
आयोजकका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी भ्रम र सामाजिक लाञ्छना कम गर्दै युवालाई समस्या पर्दा सहयोग माग्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved