विराटनगर । विराटनगर-३ मा अवस्थित इडेन नेशनल स्कुलले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो ३४औँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसका अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले एक वर्षभरि सिकेका शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक सीप प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूको नृत्य, गायन, नाटक तथा विविध प्रस्तुतीले दर्शकको ध्यान तानेको थियो। विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको विद्यालय प्रशासनले जनाएको छ।
स्थापना दिवसको अवसरमा केक काटेर विद्यालयका अध्यक्ष तुलसीप्रसाद पोखरेल, प्रिन्सिपल आश्मा न्यौपाने, प्रमुख अतिथि गोविन्द गुरागाईंलगायतले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूलाई विद्यालयका भाइस प्रिन्सिपल विद्याकान्त दाहालले स्वागत मन्तव्यमार्फत स्वागत गरे।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले इडेन नेशनल स्कुलले देशका लागि दक्ष जनशक्ति उत्पादनमा निरन्तर योगदान दिँदै आएको बताए।
विद्यालयका अध्यक्ष तुलसीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रक गोविन्द गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रिन्सिपल आश्मा न्यौपानेसहित ७०० भन्दा बढी विद्यार्थी, अभिभावक तथा शिक्षक-शिक्षिकाको उल्लेख्य उपस्थिति रहेको थियो।
View : 115
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved