काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कुनै पनि खेल राखिएको छैन।
भोली सोमबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।
दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिडर््ैछन्।
दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
View : 175
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved