Biratnagar, Morang, Nepal
देश

विश्व खाद्य सुरक्षा दिवस मनाइँदै

-
अखवारका कुरा
२४ जेठ २०८३, आइतवार

Advertisement

काठमाडौं । आज (आइतबार) विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । 

विश्वभर प्रत्येक वर्ष जुन ७ मा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । 

संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको थियो । त्यसपछि सन् २०१९ देखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । खाद्यजन्य रोगबाट हुने बिरामी र मृत्युदर बढ्दो चुनौतीका रूपमा देखिन थालेपछि खाद्य सुरक्षाको विषय विश्वव्यापी चासोको केन्द्र बनेको छ ।

यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्व भरी विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved