विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै त्याग, समर्पण, सहिष्णुता, आपसी सद्भाव र मानव सेवाको सन्देश बोकेको बकर ईदले समाजमा आपसी एकता, भाइचारा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।
उनले यस पर्वले सबै समुदायबीच प्रेम, सम्मान, सहकार्य र आपसी विश्वास अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त नेपाली समाजमा यस्ता पर्वले विविधताबीचको एकता कायम गर्न उत्प्रेरित गरिरहेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आफ्नो स्थापना कालदेखि नै सबै जातजाति, धर्म र संस्कृतिको सम्मान गर्दै तिनको संरक्षण र संवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । सीमित स्रोत र साधनका बाबजुद सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।
शुभकामना सन्देशमार्फत मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायसहित सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
View : 28
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved