Biratnagar, Morang, Nepal
खेलकुद

सातौं जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

-
अखवारका कुरा
२६ वैशाख २०८३, शनिवार

Advertisement

मुगु । सातौं जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु भएको छ । प्रतियोगितामा ५ किलोमिटर, १० किलोमिटर र ५४ किलोमिटर दूरीका दौड समावेश गरिएको छ ।
गत वर्षसम्म ५१ किलोमिटर दूरीमा सञ्चालन हुँदै आएको अल्ट्रा म्याराथन यस वर्ष ५४ किलोमिटर कायम गरिएको आयोजकले जनाएको छ । कर्णाली स्पोट्र्स क्लबका अनुसार ५ किलोमिटरतर्फ ६ सय ५० भन्दा बढी, १० किलोमिटरतर्फ २ सयभन्दा बढी तथा ५४ किलोमिटर अल्ट्रातर्फ १ सय ३५ जना खेलाडीले नाम दर्ता गराएका थिए । यस वर्षको प्रतियोगितामा भारत लगायत विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको छ । ५४ किलोमिटर अल्ट्रा दौडतर्फ ६० जना खेलाडी प्रत्यक्ष प्रतिस्पर्धामा सहभागी भएका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय, सान्त्वना र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः नगद १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ, २०÷२० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।

View : 42

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved