म भन्दा बढी पिर त तपाईंलाई होला बा–आमा,
तर चिन्ता नगर्नु…
छोरी मैदानमै छ डराएर होइन, अडिएर।
जित्ने विश्वास लिएर हरेक चोट सहन्छु।
हार भइहाल्यो भने पनि, त्यो मेरो अन्तिम होइन
किनभने तपाईंहरूले सिकाउनुभयो,
“भाग्ने होइन, लड्ने हो।”
चोट लाग्छ, आँखा रसाउँछ, मन थाक्छ
तर तपाईंहरूको विश्वास मेरो ढाल हो।
आज म यहाँ छु,
न त संकोचका साथ, न त डरका साथ
तर छाती फुकाएर, आँखा उठाएर।
सोच्नु है बा–आमा,
छोरी मैदानमा छ
लड्न आएको, जित्न त के हार्न पनि नडराउने भएर।
View : 1263
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved