Biratnagar, Morang, Nepal
देश

‘खुट्टा भाँच्ने’ अभिव्यक्तिदेखि बहुवर्षीय बजेटसम्म : कस्तो रह्यो लम्सालको सुरुआती इनिङ्स ?

-
अखवारका कुरा
६ असार २०८३, शनिवार

Advertisement

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सुनील लम्सालले ०८२ चैत १३ गते बालेन्द्र(बालेन) शाह सरकारको नेतृत्वमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हाले । मन्त्री बनेको दुई महिना २४ दिन पुग्दासम्म उनको कार्यशैली, अभिव्यक्ति र निर्णयहरू निरन्तर सार्वजनिक बहसको केन्द्रमा रहँदै आएका छन् ।

सरकार गठन भएदेखि नै मन्त्रीहरू विवाद र चर्चाको घेरामा छन् । प्रधानमन्त्री बालेन शाह स्वयं पनि विभिन्न विषयमा आलोचना र समर्थन दुवैको सामना गरिरहेका छन् । यही परिवेशमा मन्त्री लम्सालले मन्त्रालय सम्हालेपछि आफूलाई परिणाममुखी र कडा प्रशासकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । तर उनको शैलीले प्रशंसा जति पाएको छ, त्यति नै प्रश्न पनि उठाएको छ ।

सुनील लम्सालले मन्त्रालय सम्हालेको दुई महिना २४ दिनमा आफूलाई ‘एक्सन लिने मन्त्री’ का रूपमा स्थापित गर्न खोजेका छन् । तर अहिलेसम्मको गतिविधि हेर्दा उनको कार्यशैली परिणामभन्दा बढी प्रदर्शनमुखी देखिएको छ ।

अनुगमनमा देखिएको आक्रोश

जेठ ३१ गते मन्त्री लम्साल मुग्लिन–नागढुंगा सडक खण्डको निर्माण प्रगतिबारे अनुगमन गर्न पुगे । पूर्व–पश्चिम राजमार्ग हुँदै आयोजना स्थलमा पुगेका उनले पोल सार्ने काम अझै पूरा नभएको जानकारी पाएपछि असन्तुष्टि व्यक्त गरे ।

यसअघि पनि सडक निर्माणमा ढिलाइ भएको जानकारी पाएपछि निर्माण कम्पनीका सञ्चालकलाई प्रहरीमार्फत नियन्त्रणमा लिन लगाएको घटनाले चर्चा पाएको थियो । मुग्लिन–नागढुंगा सडक अनुगमनका क्रममा उनले पुनः आक्रामक शैली अपनाए ।

उनले सम्बन्धित ठेकेदारलाई तत्काल उपस्थित गराउन निर्देशन दिँदै काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनुपर्ने’ अभिव्यक्ति दिए । उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो र त्यसले राजनीतिक तथा सार्वजनिक बहसलाई ततायो ।

उनले आक्रोशित हुँदै भनेका छन्, ‘त्यो पोल सार्ने कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ, त्यसलाई खोजेर लिएर आउनु र त्यसलाई पनि यहीं राख्नु । त्यसलाई घर पठाउने होइन । काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, केही फरक पर्दैन। यहाँको पोल सार्ने काम चाँडोभन्दा चाँडो हुनुपर्र्याे । पब्लिकले धेरै दुःख पाए ।’

उनको अभिव्यक्तिलाई लिएर संसदसम्म प्रश्न र विवाद उठ्यो । विवाद बढेपछि मन्त्री लम्सालले संसदमा स्पष्टीकरण दिँदै आफ्नो उद्देश्य हिंसात्मक नभई काममा दबाब सिर्जना गरेर परिणाम निकाल्नु रहेको बताए । उनले काम नगर्ने निर्माण व्यवसायीविरुद्ध कानुनी र आर्थिक कारबाहीको व्यवस्था रहेको उल्लेख गर्दै आफ्नो अभिव्यक्ति भावनात्मक रूपमा आएको तर्क गरे ।

तर आलोचकहरूले मन्त्रीको जिम्मेवारी कानुनी शासनको रक्षा गर्नु तर, आक्रोशको भाषामा प्रशासन चलाउने संकेत दिनु नभएको जिकिर गरे । समर्थकहरू भने लामो समयदेखि अलपत्र परेका आयोजनाप्रति जनतामा रहेको निराशा र आक्रोशलाई मन्त्रीले प्रतिविम्बित गरेको तर्क गर्छन् ।

तर मुग्लिन–नागढुंगा सडकमा ठेकेदारको ‘खुट्टा भाँच्नुस्’ भन्ने अभिव्यक्ति केवल भाषिक चिप्लोपन मात्र थिएन, त्यो राज्य सञ्चालनप्रतिको दृष्टिकोणको संकेत पनि थियो । कानुनको शासन स्थापित गर्ने जिम्मेवारी पाएको मन्त्रीले कानुनभन्दा बाहिरको भाषामा आक्रोश पोख्नु लोकप्रिय लाग्न सक्छ, तर त्यसले समस्या समाधान गर्दैन । सिर्जना गर्ने सक्रिय मन्त्रीका रूपमा प्रस्तुत भएका छन् । अर्कोतिर उनको आक्रामक अभिव्यक्ति र शैलीले कानुनी शासन, प्रशासनिक मर्यादा र राजनीतिक जिम्मेवारीबारे प्रश्न उठाएको छ । कमला पुलदेखि मुग्लिन–नागढुंगा सडकसम्मका घटनाले देखाएको छ कि जनताले अब अनुगमन, निर्देशन र आश्वासनभन्दा बढी नतिजा खोजिरहेका छन् । बहुवर्षीय बजेट प्रणालीजस्ता संरचनात्मक सुधारका प्रयास सफल भए भने लम्सालको कार्यकाललाई सकारात्मक रूपमा मूल्यांकन गर्न सकिनेछ । तर यदि पूरानै समस्या दोहोरिए भने उनका आक्रोशपूर्ण अभिव्यक्तिहरू मात्र सार्वजनिक स्मृतिमा बाँकी रहनेछन् । अहिलेका लागि लम्सालको दुई महिना २४ दिनको कार्यकाललाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ–उनी चर्चामा छन्, तर त्यो चर्चा उपलब्धिभन्दा बढी शैली र विवादका कारण बनेको छ । आगामी दिनमा उनको वास्तविक परीक्षा भने योजनाहरूको कार्यान्वयन र जनताले महसुस गर्ने परिणामबाट हुनेछ । अहिलेसम्मको मूल्यांकन गर्दा लम्सालले समाचारका शीर्षक धेरै बनाए, तर उपलब्धिका शीर्षक भने बनाउन सकेका छैनन् । यदि आगामी महिनाहरूमा ठूला आयोजनामा मापनयोग्य प्रगति देखिएन भने अहिलेको आक्रामक शैली केवल ‘क्यामेरा–अनुगमन’ र ‘भाइरल राजनीति’ को उदाहरणका रूपमा मात्र रहने देखिन्छ ।

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved