प्रवेश परिक्षा
विराटनगर — गुणस्तरीय शिक्षाको पुरानो पहिचान बोकेको कोबासले यस वर्षको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहपूर्ण सहभागिता देखाउँदै आफ्नो प्रतिष्ठा झन् बलियो बनाएको छ।
साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा ४८७ विद्यार्थीले भर्ना परीक्षामा भाग लिए, जसले कलेजप्रति बढ्दो विश्वास र लोकप्रियताको स्पष्ट परिचय दिएको छ।
कलेजकी सञ्चालक प्रीया सारडाले भनिन्,
“हाम्रो प्राथमिकता सँधै गुणस्तरमा केन्द्रित छ। विद्यार्थीहरूको यस्तो उच्च सहभागिता र उनीहरूमा देखिएको उत्साहले हामीलाई थप प्रेरणा दिएको छ। कोबासमा हामीले यस्ता सकारात्मक वातावरण सिर्जना गरेका छौं जहाँ विद्यार्थीहरू आफैँ पढ्न उत्प्रेरित हुन्छन्।”
कोबासले शैक्षिक ज्ञानमा मात्र सीमित नरही व्यवहारिक सीप, अनुशासन र आत्मविश्वासको विकासमा पनि जोड दिएको छ। यही कारण विद्यार्थीहरूका बीच कलेजको लोकप्रियता र विश्वासमा वृद्धि भएको कलेज प्रशासनले जनाएको छ।
कलेजले विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै स्पट प्रवेश परीक्षा सहित भर्ना समेत लिने तयारी गरेको छ, जसले प्रवेश परीक्षा छुटेका विद्यार्थीहरूलाई पनि भर्नाको सहज अवसर प्रदान गर्नेछ।
कोबासले इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिन र गुणस्तरीय शिक्षाबाट आफ्नो भविष्य उज्जवल बनाउने अवसर लिन आग्रह गरेको छ।
View : 937
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved