विराटनगर । ओलम्पिक डे २०२६ को अवसरमा विराटनगर स्पोर्ट्स जोनले विभिन्न खेलकुद गतिविधि आयोजना गर्दै दिवस मनाएको छ।
दिवसको अवसरमा फुटबल, टेबल टेनिस लगायतका खेलहरू सञ्चालन गरिनुका साथै खेलाडीहरूबीच आपसी सम्बन्ध, सद्भाव र खेलभावनाको विकास गर्ने उद्देश्यले ‘फ्रेन्डसिप गेम्स’ आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडी तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
ओलम्पिक आन्दोलनले आत्मसात् गरेको मित्रता, सम्मान र उत्कृष्टताको भावनालाई स्थानीय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको विराटनगर स्पोर्ट्स जोनले जनाएको छ। खेलकुदले स्वस्थ जीवनशैलीसँगै सामाजिक एकता र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाइले जानकारी दिए।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशका अध्यक्ष, नेपाल बक्सिङ संघ कोशी प्रदेशका उपाध्यक्ष अभिषेक श्रेष्ठ तथा नेपाल क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष सर्वजित राज पाण्डेको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी खेलाडीहरूले प्रतिस्पर्धाभन्दा पनि मित्रता, सहकार्य र खेलभावनालाई प्राथमिकता दिँदै ओलम्पिक दिवसको सन्देशलाई आत्मसात् गरेका थिए। आयोजकका अनुसार खेलकुदमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै युवालाई खेल गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
View : 134
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved