Biratnagar, Morang, Nepal
अर्थ

मोरङ चेम्बर अफ कमर्सको आयोजनामा रोजगारी र श्रम बजारबारे कार्यशाला

-
अखवारका कुरा
११ माघ २०८२, आइतवार

Advertisement


विराटनगर । मोरङ चेम्बर अफ कमर्सको आयोजनामा निजी क्षेत्रको संलग्नतामार्फत सार्वजनिक रोजगारी सेवालाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार विराटनगरमा एकदिने कार्यशाला सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को नेपालस्थित कन्ट्री अफिस तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा होटल विगमा आयोजित कार्यशालामा श्रम, रोजगारी र श्रम बजारका विविध पक्षबारे प्यानल डिस्कसन गरिएको थियो।

प्यानल डिस्कसनमा ट्रेड युनियनका नेताहरूको सहभागिता रहेको थियो। त्यस्तै उद्योग क्षेत्रको तर्फबाट उद्योगी व्यवसायीहरू, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव तथा सहसचिव, साथै संघ सरकारका सचिवसहित विभिन्न सरकारी निकायका कर्मचारीहरू सहभागी थिए।

कार्यक्रम मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष शिवप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथि थिए। उनले निजी क्षेत्र, ट्रेड युनियन र सरकारबीच समन्वय बढाउँदै श्रम बजारलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए।

छलफलमा सहभागी वक्ताहरूले सार्वजनिक रोजगारी सेवालाई प्रभावकारी बनाउन निजी क्षेत्रको भूमिकालाई संस्थागत गर्नुपर्ने, श्रम बजारको आवश्यकताअनुसार सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यशालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू, ILO का प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा विभिन्न उद्योग व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यशालाको समापन गर्दै अध्यक्ष रिजालले छलफलबाट आएका सुझावहरूलाई नीति निर्माण तहसम्म पुर्‍याइने बताए। उनले उद्योग, व्यापार र श्रमिकबीच सहकार्य सुदृढ गर्न मोरङ चेम्बर अफ कमर्स निरन्तर सक्रिय रहने उल्लेख गरे।

View : 82

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved