नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गरेका छन्।
पार्टीको पोखरा अधिवेशनमा सहभागी हुन पुगेका अध्यक्ष दाहाल अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी पुगेका थिए।
आज बिहान उनले स्वास्थ्य लाभदायक मानिने प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेका हुन्। अध्यक्ष दाहालको सचिवालयले उक्त जानकारी दिएको हो।
प्रचण्डको यस अवलोकन भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने स्थानीयवासीहरू बताउँछन्।
View : 694
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved