रसुवा बाढी : ढुवानी व्यवसायमा ठूलो धक्का, सयौँ गाडी बेपत्ता
उनका अनुसार करिब २० वटा सामान लोड भएका र सिल गरिएका गाडी केरुङमै सुरक्षित रहेको जानकारी आएको छ । त्यस्तै, करिब १५५ वटा गाडी सामान लोड गर्नका लागि केरुङतर्फ जाने तयारीमा रहेको अवस्थामा बाढीका कारण आवागमन प्रभावित भएको उनले बताए ।
त्यहाँ रहेका नेपाली व्यवसायीका गाडी तथा सामान सुरक्षित राख्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने सापकोटाको माग छ ।
‘हामी अहिले ठूलो क्षतिको भुमरीमा छौँ’
बाढीका कारण यातायात व्यवसायसँगै ठूलो संख्यामा मजदुर तथा उनीहरूका परिवारसमेत प्रभावित भएको सापकोटाले बताए। आफ्नै क्षेत्रका मात्रै करिब ७३ जना मानिस प्रभावित भएको प्रारम्भिक जानकारी आएको र सिन्धुपाल्चोक, काभ्रे, सिन्धुलीलगायत जिल्लाबाट समेत चालक तथा सहचालक प्रभावित भएको विवरण आउन थालेको उनले बताए।
उनका अनुसार सबैभन्दा ठूलो चुनौती अहिले क्षतिको वास्तविक तथ्यांक तयार गर्नु र बेपत्ता व्यक्तिको खोजी गर्नु हो।
‘हामी ठूलो क्षतिको भुमरीमा छौँ। अहिले ठ्याक्कै नसकिने अवस्था छ । मजदुर, व्यवसायी र सहचालक साथीहरूको खोजीमा छु । इन्स्योरेन्सलाई पनि सबै कुरा डिटेलमा पु¥याउनुपर्ने हुन्छ। कहाँ–कहाँ के–के भयो, त्यो सबै तथ्यांक चाहिन्छ,’उनले सुनाए ।
उनले आफू अहिले विभिन्न संघसंस्था तथा राज्यका निकायसँग समन्वय गरेर तथ्यांक संकलनमा केन्द्रित रहेको बताए । गाडी नम्बर, चालक–सहचालकको विवरण, बीमाको अवस्था तथा क्षतिको प्रकृति प्रमाणित गरेर सरकार र बीमा कम्पनीलाई उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।
सापकोटाले विपद्को समयमा राज्यले व्यवसायीका संघसंस्थासँग प्रत्यक्ष समन्वय गरेर उद्धार, शव पहिचान, क्षतिको मूल्यांकन र क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग गरे।
रसुवाको बाढीले मानवीय क्षतिसँगै सीमापार व्यापार र ढुवानी क्षेत्रमा समेत ठूलो असर पारेको छ । बेपत्ता गाडी तथा मानिसको यकिन विवरण आउन बाँकी रहेकाले आगामी दिनमा क्षतिको वास्तविक आकार अझ ठूलो देखिनसक्ने व्यवसायीहरूको भनाइ छ।
View : 21
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved