पुनःस्थापना र पुनर्निर्माणको काम लामो चरण भएकाले सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरू योजना निर्माणदेखि फिल्डसम्म सक्रिय रहेको उनले बताए ।
उनले भने, ‘अब पुनःस्थापन, पुनर्निर्माणको एउटा लामो चरण बाँकी छ। त्यसमा पनि सम्बन्धित मन्त्रालयहरू, विभागहरू, प्राधिकरणहरू सबैजना एक्टिभ भएर कोही योजना बनाइरहेका छन्, कोही फिल्डमा छन्। त्यसकारणले हरेक दिन, हरेक ठाउँमा बैठक गर्नेहरूले बैठक, निर्णय गर्नेहरूले निर्णय, पुग्नुपर्नेहरू पुगिरहनुभएको छ। नीतिगत काम पनि र फिल्डमा गर्ने कामहरू सबै निरन्तर एकदमै यो युद्धस्तरमा भन्दा फरक पर्दैन होला, त्यसरी काम भइरहेको छ।’
रास्वपाभित्र सरकारका कामबारे हुने आलोचनालाई उनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरे ।
उनले भने, ‘कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कहिलेकाहीँ त्यसको कसैले लाभ अलि बढी, कम–बढी उठाउँदाखेरि त्यसमा अलिकति अभिव्यक्त गर्ने, आफ्नै सरकारलाई पनि अलिकति आलोचना गर्ने, एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले त्यो कोही साथीहरूले आफ्नो शैलीगत केही, पनि मान्छेको शैली पनि त हुन्छ नि।’
उनले पार्टीका नेता तथा सांसदहरूले आफ्ना कुरा राख्ने शैली फरक–फरक हुने भन्दै त्यसबाहेक पार्टीभित्र अन्य कुनै समस्या नरहेको बताए ।
View : 7
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved