Biratnagar, Morang, Nepal
अर्थ

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

-
अखवारका कुरा
७ जेठ २०८३, बिहिवार

Advertisement

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।
घिउ सिमी (लोकल) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, तीते करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ४० रुपैयाँ निर्धारण गरिएको छ ।

रायोसाग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, कागती प्रतिकेजी २६० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो ३०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ४०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो २८ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २१० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

View : 100

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved