Biratnagar, Morang, Nepal
अर्थ

बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

-
अखवारका कुरा
१० असार २०८३, बुधवार

Advertisement

काठमाडौं । नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लामा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ । साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ ।

 

पशु सेवा विभागले कोशी प्रदेशमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याइएको दाबी गरेको छ । संक्रमित क्षेत्रमा कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गरिएको तथा जोखिमयुक्त फार्महरूमा जैविक सुरक्षाका उपायहरू लागू गरिएको जनाएको छ ।

 

विभागका अनुसार हाल प्रयोगशालामा परीक्षण गरिएका नमुनामा बर्ड फ्लुका एच९एन२, एच५एन१ र न्यूक्यासल रोगका भाइरससमेत फेला परेका छन् । संक्रमित तथा शंकास्पद कुखुरा व्यवस्थापनमा विशेष सावधानी अपनाउन र मृत कुखुरा खुला स्थानमा नफाल्न किसानलाई आग्रह गरिएको छ ।

 

विभागले कुखुरा पालन व्यवसायीलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा कुनै अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउन अनुरोध गरेको छ । पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहालले सबै सरोकारवाला निकाय तथाबर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट किसानलाई संक्रमण नियन्त्रण अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।

View : 21

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved