Biratnagar, Morang, Nepal
शिक्षा

नेपालभरि पहिलो स्थान निहारिकाकी पूर्णिमा

-
अखवारका कुरा
२ भदौ २०८२, मङ्गलवार

Advertisement

विराटनगरको निहारिका कलेजले फेरि एकपटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ। यस कलेजकी छात्रा पूर्णिमा खतिवडाले व्यवस्थापन संकाय (बीआइएम) को पहिलो सेमेस्टर परीक्षामा नेपालभरि नै सबैभन्दा बढी ३.९८ जीपीए ल्याएर कीर्तिमान कायम गरेकी छन्।

त्रिभुवन विश्वविद्यालयले २०८१ सालमा सञ्चालन गरेको बीआइएम पहिलो सेमेस्टरको परीक्षामा पूर्णिमाले नेपालभरि नै पहिलो स्थान हासिल गरेकी हुन्। साथै, उनले कोशी प्रदेशबाट बीआइएममा अहिलेसम्मकै सर्वाधिक जीपीए ल्याउने पहिलो विद्यार्थी बनेकी छन्। यसअघि प्रदेशका कुनै पनि विद्यार्थीले बीआइएममा नेपाल प्रथम गर्ने उपलब्धि हासिल गरेका थिएनन्।

निहारिका कलेजका अनुसार यसअघि पनि बीआइएमका विद्यार्थीहरूले दोस्रो र तेस्रो स्थान हासिल गरिसकेका थिए। त्रिविसँग सम्बन्धन प्राप्त यस कलेजमा बीएससी सीएसआइटी, बीसीए, बीआइटीएम, बीएचएम, बीबीएस र एमबीएसको पढाइ हुँदै आएको छ।

पूर्णिमाले प्लस टु विराटनगरकै अर्किड कलेजबाट पास गरेकी थिइन्। उनले कक्षा १२ मा पनि ३.८४ जीपीए ल्याउँदै शैक्षिक उत्कृष्टता कायम राखेकी थिइन्।

निहारिका कलेजले पूर्णिमाको सफलतालाई विद्यार्थीहरूको निरन्तर परिश्रम र संस्थाको गुणस्तरीय शिक्षण पद्धतिको प्रमाण भएको दावी गरेको छ । 

View : 59

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved