CTEVT मा भर्ना प्रक्रिया सुरु
भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा नयाँ भर्ना प्रक्रिया सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/०८३ का लागि पूर्ण शुल्कतर्फका सिटका लागि भर्ना खुलाएको हो।
कार्यालयले एक सूचना जारी गर्दै इच्छुक तथा योग्यता पुगेका विद्यार्थीलाई आगामी साउन २५ गतेसम्म अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ। आवेदन परिषद्को ITMS Online प्रणालीमार्फत मात्र दिन सकिनेछ।
स्वास्थ्यतर्फका कार्यक्रमहरूको सिट संख्या चिकित्सा शिक्षा आयोग, परिषद्को सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त विवरणका आधारमा निर्धारण गरिएको बताइएको छ।
प्रवेश परीक्षा नहुने
यसपटकको भर्ना प्रक्रिया प्रवेश परीक्षाबिनै सम्पन्न गरिनेछ। परिषद्को "डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२" अनुसार विद्यार्थीहरू शैक्षिक योग्यतामा प्राप्त अङ्क र विद्यालयको प्रकारको आधारमा तोकिएको अंकको योगफलका आधारमा छनोट हुने परीक्षा नियन्त्रकको भनाइ छ।
सूचना तथा निर्देशिका वेबसाइटमा
आवेदनका लागि आवश्यक विस्तृत जानकारी र निर्देशन परिषद्को वेबसाइट www.ctevtexam.org.np मा हेर्न सकिनेछ। परिषद्ले आफ्नो आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत कार्यक्रम र कोटामा आधारित भर्ना प्रक्रिया निष्पक्षरूपमा सम्पन्न गरिने जनाएको छ।
View : 256
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved