Biratnagar, Morang, Nepal
राजनीति

तरुण दलमा अलमल

मोरङमा तरुण दलको अधिवेशन अलमल, तदर्थ समिति गठनको माग चुलियो

-
अखवारका कुरा
१४ वैशाख २०८२, आइतवार

Advertisement

 

विराटनगर, वैशाख १४ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मोरङमा समयमै अधिवेशन हुन नसक्दा असन्तुष्टि चुलिएको छ। अधिवेशन प्रक्रिया अघि नबढेको भन्दै तरुण दलका नेताहरूले तत्काल तदर्थ समिति गठन गर्न माग गरेका छन्।

केन्द्रीय कार्य समितिले बैशाख १३ गतेभित्र पूर्णकालिक सदस्यता वितरण गरी जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। तर मोरङ सभापति प्रभाकर (सञ्जय) थापाको नेतृत्वमा रहेको कार्यसमितिले तोकिएको म्यादसम्म अधिवेशन गराउन नसकेपछि नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ।

तरुण दल मोरङका उपसभापति खगेन्द्र (खेम) थापाको अगुवाइमा महानगर, क्षेत्रीय सभापति लगायत जिल्लाभरिका १०१ जना सदस्यहरूले हस्ताक्षर गरेर नेपाली कांग्रेस मोरङमा ज्ञापनपत्र बुझाएका छन्। आइतबार जिल्ला पार्टी कार्यालयमा जिल्ला सचिव ललित श्रेष्ठ, सहसचिव सञ्जय मण्डल, कोषाध्यक्ष रञ्जु अधिकारी र तरुण विभाग प्रमुख पंकज बर्मालाई उनीहरूले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

ज्ञापनपत्रमार्फत सात दिनभित्र तदर्थ समिति गठन गरी पूर्णकालिक सदस्यता वितरण र तत्काल जिल्ला अधिवेशन सम्पन्न गर्न माग गरिएको छ। माग सम्बोधन नभए समानान्तर समिति गठन गरेर प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ।

तरुण नेताहरूले जिल्ला सभापति थापामाथि गुटगत राजनीति गर्दै अधिवेशन प्रक्रिया अवरुद्ध गरेको र केन्द्रीय निर्देशनलाई अवज्ञा गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार मोरङमा तरुण दलको संगठनलाई चलायमान बनाउन तदर्थ समिति अपरिहार्य भएको छ।

View : 93

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved