Biratnagar, Morang, Nepal
राजनीति

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

-
अखवारका कुरा
२८ वैशाख २०८३, सोमवार

Advertisement

काठमाडौं । सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ ।
सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने जनाएका हुन् ।
उनले भने,‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइनेछ ।’
उनको अनुसार सूचना प्रविधिलाई राष्ट्रिय उद्योग घोषणा गरि एआई निर्यात प्रवद्र्धन गरिने नीति सरकारले लिएको छ ।
साथै, विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

View : 38

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved