विराटनगर : कोबास कलेजले दशैं, तिहार र छठ पर्वलाई केन्द्रमा राखेर आयोजना गरेको ‘थिमेटिक दशैं, तिहार तथा छठ प्राक्टिकल’ कार्यक्रम सम्पन्न भएको छ। चाडपर्वका मौलिक संस्कृति, परम्परा र खानाका परिकारलाई विद्यार्थीको व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरू विभिन्न समुदायका परम्परागत तथा सांस्कृतिक भेषभूषामा सहभागी भएका थिए। उनीहरूले दशैंमा तयार गरिने विभिन्न परिकार आफैं बनाएर त्यसको स्वाद लिने तथा चाडपर्वसँग जोडिएका सांस्कृतिक अभ्यासबारे जानकारी लिने अवसर पाएका थिए।
कार्यक्रममा कलेजकी प्रिन्सिपल प्रिया शारडाले विद्यार्थीहरूलाई टीका लगाएर आशीर्वाद दिएकी थिइन्। टीका ग्रहणसँगै विद्यार्थीहरूले दशैंको परम्परागत संस्कारलाई व्यवहारमै अनुभव गरेका थिए।
कलेजका कोअर्डिनेटर निकेश दुलालले चाडपर्वसम्बन्धी गतिविधिलाई कक्षाकोठाको सिकाइसँग जोडेर विद्यार्थीलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार यस्ता गतिविधिबाट विद्यार्थीले नेपाली संस्कृति र परम्पराबारे जान्ने मात्र नभई त्यसलाई व्यवहारमा उतार्ने अवसरसमेत पाउँछन्।
दशैं, तिहार र छठ नेपालको विविध सांस्कृतिक पहिचानसँग जोडिएका पर्व भएकाले विद्यार्थीलाई विभिन्न समुदायका परम्परा र संस्कृतिसँग परिचित गराउने विषयलाई पनि कार्यक्रमले प्राथमिकता दिएको कलेजले जनाएको छ।
View : 21
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved