जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् ।
गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ । सो अन्तर्गत एक चरणको पोखरी तथा पोखरीको डिल खाली गर्ने कार्य भइसकेको छ भने गत १९ गत्ते गुठी संस्थानले पुनः १४ स्थानका अतिक्रमित जग्गा खाली गर्न सूचना निकालेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१४ स्थित लब्कि पोखरी वरीपरि बसोबास गरीरहेका स्थानियहरुले गुठी संस्थानमाथि जबरजस्ती बिना प्रमाण आफूहरुलाई जग्गा खाली गर्न सूचना टाँसोको गुनासो गरेका छन् । ७०–८० वर्षदेखि आफूहरु सो स्थानमा बसोबास गर्दै आएकोले अब आएर जबरजस्ती खाली गर्न सूचना निकालेकोप्रति उनीहरुले विरोध जनााएका छन् ।
स्थानीय उदय यादवका अनुसार २०४६ सालको नापी आउँदा नापी कार्यालय, मालपोत कार्यालय, गुठी संस्थान तथा स्थानीय प्रतिनिधिहरुको रोहबरमा फिल्ड बुकको नापी भोगको प्रमाण आफूहरुलाई प्रदान गरिएको थियो । उनका अनुसार कित्ता काट गरेर प्रत्येक व्यक्तिको नाममा फिल्ड बुक नापी भोगको प्रमाण दिइएकोमा अब आएर जग्गा खाली गर्नु भन्दै सूचना निकाल्नु सरासर गलत रहेको छ । गुठी संस्थानले आफूहरुसंग प्रमाण नै नमागि मनपरी ढंगले जग्गा खाली गर्न सूचना निकाल्नु न्यायसंगत नरहेको यादवको भनाई छ । गुठी संस्थानले उक्त जग्गा गुठीकै हो भनेर कुनै प्रमाण देखाउन नसक्ने आधार रहेको यादवको दाबी छ । उक्त पोखरी र पोखरी वरीपरीको जग्गा नीजि व्यक्तिले दान गरेको जग्गा रहेको उनको भनाई छ ।
सोही वडाका पूववडाध्यक्ष रामवरण पासवानले २०४६ सालमा आफू प्रतिनिधि रहेको समयमै उक्त जग्गामा आफूसहित सम्बन्धित निकायका पदाधिकारीहरु बसेर कित्ताकाट गरी स्थानीयवासीलाई भोगका निम्त दिइएको बताए । उनले उक्त जग्गा गुठीको नरहेको दाबी गरेका छन् । सरकारले बिना प्रमाण उठीबास लगाउन खोजेको आरोप लगाएका छन् । गुठी संस्थानको ३५ र ३६ कित्ता नम्बरमा उक्त जग्गा नपर्ने भएकोले सरकारले सो जग्गा खाली गराउनु गैरकानुनी रहेको पूववडाध्यक्ष पासवानकको दाबी छ ।
उक्त स्थानमा करीब १५० घरधुरी रहेको छ ।
View : 20
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved