Biratnagar, Morang, Nepal
देश

जसराज वंशजको सम्मान तथा छात्रवृत्ति कार्यक्रम सम्पन्न।

-
अखवारका कुरा
१३ पुष २०८२, आइतवार

Advertisement

 

जसराज वंशजद्वारा ज्येष्ठ नागरिकहरुलाई  सम्मान तथा  बिद्यार्थी हरुलाई छात्रवृत्ति वितरण कार्यक्रम  जसराज बंशज जिल्ला समिती सप्तरीद्वरा सुरुङा गाउपलिका प्रमाणपुरमा  सम्पन गरेको छ।

थारु समुदायभित्रको जसराज एक प्रमुख वंश हो। यस वंशका सदस्यहरू हाल सप्तरी, सिरहा, उदयपुर, मोरङ, सुनसरी, झापा, काठमाडौँलगायत देशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छन्।

कार्यक्रममा सप्तरी जिल्लामा बसोबास गरिरहेका जसराज वंशका ४४ जना ज्येष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गर्दै खादा ओढाएर सम्मान गरिएको थियो। साथै, दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कञ्चनरुप नगरपालिका–स्थित सुनगाभा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक छात्रा तथा विराटनगरस्थित भानु मेमोरियल स्कुलमा उच्च माध्यमिक तह (व्यवस्थापन समूह) मा अध्ययनरत एक छात्रा रहेका छन्।

कार्यक्रममा बोल्दै जसराज वंशज जिल्ला कार्य समिति सप्तरीका अध्यक्ष श्यामकान्त चौधरीले वंशका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने अभियान सानो प्रयासबाट सुरु गरिएको बताउनुभयो।

जसराज वंशावली पुस्तकको तेस्रो संस्करणका सम्पादक सूर्यनारायण चौधरीले सम्मान र संस्कार घरबाटै सुरु हुनुपर्नेमा जोड दिँदै अग्रज तथा आमाबुवालाई सम्मान गर्नु देवताको पूजा गर्नु भन्दा पनि बढी मूल्यवान हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योग सहायक मन्त्री लक्ष्मीनारायण चौधरीले जसराज वंशलाई एकताबद्ध गर्ने उद्देश्यले वि.सं. २०४४ सालमै जसराज वंशावली पुस्तक पहिलो पटक प्रकाशन गरिएको स्मरण गर्नुभयो।

कार्यक्रमको सञ्चालन जसराज वंशज जिल्ला कार्य समिति सप्तरीका सचिव रमाकान्त जसराजले गर्नुभएको थियो।

View : 727

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved