लियो अवार्ड
इटहरी — युवा नेतृत्व, स्पष्ट दृष्टिकोण र सामाजिक सेवामा निरन्तर सक्रियता। यिनै विशेषताका आधारमा नेपालका लियो पारस खतिवडाले लायन्स क्लब अन्तर्राष्ट्रियबाट प्रदान गरिने वर्षकै उत्कृष्ट लियो पुरस्कार "अन्तर्राष्ट्रिय लियो अफ दि इयर "को सम्मान प्राप्त गरेका छन्।
सामाजिक सेवाको विश्वव्यापी सञ्जाल लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत युवाहरूको सक्रिय संगठन ‘लियो’ मा यो सम्मान अत्यन्त प्रतिष्ठित मानिन्छ। सयौँ लियोहरूमध्येबाट छनोट हुँदै नेपालका लियो जिल्ला परिषद् ३२५ सि का जिल्ला कार्यक्रम सह–प्रमुख खतिवडा यस वर्षका उत्कृष्ट लियो घोषित भएका हुन्।
उनी  लियो क्लब अफ इटहरी इनोभेशनका पुर्व अध्यक्ष हुन । हाल बहुजिल्ला खेलकुद संयोजकका रूपमा कार्यरत खतिवडा लामो समयदेखि युवामाझ नेतृत्व विकास, सामाजिक सेवा, खेलकुद तथा अन्तर्राष्ट्रिय समन्वयमा उल्लेखनीय भूमिका निभाउँदै आएका छन्।
उनी बंगलादेशमा सम्पन्न इसामे फोरम  २०२३–२४ तथा भारतको हैदराबादमा सम्पन्न इसामे फोरम  २०२४–२५ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको उपस्थिति थप सशक्त बनाएका थिए।
जिल्ला परिषद अध्यक्ष शिव शंकर मण्डलका अनुसार, खतिवडाको योजनाबद्ध सोच, सहकार्यमा विश्वास, कार्यक्रम व्यवस्थापनमा कौशलता र अन्तर्राष्ट्रिय तहमा नेपालको पहिचान विस्तारमा पुर्याएको योगदानकै आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
पारस खतिवडाको यो सफलता सँगै नेपाली लियो समुदायले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई अझ सशक्त रूपमा चिनाउने अवसर पाएको छ। लियो जिल्ला परिषद्का पदाधिकारी, पूर्व पदाधिकारी तथा लियो सदस्यहरूले उनलाई बधाई दिँदै यो उपलब्धि सम्पूर्ण नेपाली युवाको गौरव भएको बताएका छन्।
"यो केवल व्यक्तिगत सफलता होइन, सम्पूर्ण नेपाली युवाको क्षमताको प्रमाण हो," खतिवडाले भने, "अवसर पर्खिनु होइन, सिर्जना गर्नुपर्छ।"
नेपालका युवाहरूको सशक्त प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा अझ थप सफलताको कामना गर्दै उनलाई लायन्स तथा लियोवाट मात्र नभइ समाजका अन्य क्षेत्र बाट समेत  शुभकामना व्यक्त गरिएको छ।
View : 2072
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved