काठमाडौँ : गण्डकी प्रदेशका पूर्व मन्त्री तथा बर्तमान प्रदेश सभा सद्स्य रहेका दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौँबाट पक्राउ गरेको हो ।
उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको गृह मन्त्रालयले जनाएको छ ।
चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ ।
View : 110
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved