Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

मन्त्रीहरूमा रामेश्वर खनाललाई पहिलो वरीयता

-
अखवारका कुरा
३० भदौ २०८२, सोमवार

Advertisement


३० भदौ, काठमाडौं । सरकारले नयाँ मन्त्रिपरिषद्मा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखेको छ। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई एकैसाथ पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्रिपरिषद् वरीयतामा पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन्। दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङ परेका छन् भने तेस्रो नम्बरमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल रहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीनै जनालाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय गरेकी थिइन्।

 नयाँ मन्त्रीहरूमध्ये खनाल लामो समयसम्म आर्थिक प्रशासनमा काम गरिसकेका पूर्वअर्थ सचिव हुन्।

 घिसिङ ऊर्जा क्षेत्रमा सफल प्राविधिक नेतृत्वका रूपमा परिचित छन् भने अधिवक्ता अर्याल कानुनी व्यवसाय र सामाजिक अभियानमार्फत चर्चामा आएका व्यक्ति हुन्।

View : 202

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved