Biratnagar, Morang, Nepal
सामाजिक सेवा

नेपालभरीका लियोलाई लाग्यो चुनाव

लियो बहुजिल्ला परिषद ३२५ अध्यक्ष पदमा लियो शिव शंकर मण्डलको उम्मेदवारी

मण्डलले लियो ३२५ लाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विभिन्न पहलहरू गर्ने योजना समेत अघि सारेका छन्। ‘हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो पहिचान बलियो बनाउनुपर्छ। यसका लागि अन्तर्राष्ट्रिय साझेदारी, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता र नयाँ परियोजनाहरूको थालनी हाम्रो प्राथमिकतामा रहनेछ,’ उनले भने।
-
अखवारका कुरा
२ जेठ २०८२, शुक्रवार

Advertisement

 

विराटनगर — लियो शिव शंकर मण्डलले लियो बहुजिल्ला परिषद ३२५ को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। २०१३ देखि लियो अभियानमा सक्रिय मण्डलले आफूलाई एक परिणाममुखी, कर्मशील र दूरदर्शी नेतृत्वको रूपमा प्रस्तुत गरेका छन्। 

लियो ३२५ ‘C’ लाई परिणाम, गति र गर्वको प्रतीक बनाउँदै आएका मण्डलले यसपटक १५ डिस्ट्रीक्टको साझा सपना बोकेर बहुजिल्ला परिषदको अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। ‘यो केवल उम्मेदवारी होइन, यो तपाईंहरूको विश्वासलाई नेतृत्वमा बदल्ने अभियान हो,’ उनले भने। 

‘काम बोल्छ, बोल्दिन शिव शंकर मण्डल 

‘क्लबदेखि डिस्ट्रीक्टसम्म म बोल्दिन — काम बोल्छ,’ मण्डलले भने। उनले आफूले बोलेकोभन्दा बढी गरेर देखाउने परिपाटीलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै अध्यक्ष पदमा सबैको समर्थनको अपेक्षा गरेका छन्। 

उनले लियोलाई थप प्रभावकारी बनाउनका लागि सदस्यहरूको क्षमता विकास, क्लबहरूको सुदृढीकरण र सामाजिक उत्तरदायित्वको विस्तारलाई प्राथमिकतामा राखेको बताए। ‘हाम्रो उद्देश्य लियोको पहिचानलाई अझै उचाइमा पुर्‍याउनु हो,’ मण्डलको भनाइ छ। 

समर्थनका लागि अपिल 

मण्डलले आफूलाई एक ‘भरोसायोग्य, कर्मशील र दूरदर्शी’ नेताको रूपमा चित्रित गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्। 

उनले आफ्ना आगामी योजनामा लियो अभियानलाई नयाँ पुस्तामा लैजाने योजना पनि अघि सारेका छन्। ‘हामीले युवाहरूलाई सामाजिक परिवर्तनको अभियानमा समाहित गराउनुपर्छ। लियो क्लबहरूलाई युवाहरूको सशक्तीकरण र सामाजिक उत्तरदायित्वको केन्द्र बनाउन हामी लागिपर्नेछौं,’ उनले थपे। 

समाजसेवामा निरन्तरता 

शिव शंकर मण्डलले आफ्नो कार्यकालमा विभिन्न समाजसेवी परियोजनाहरूलाई पनि प्राथमिकता दिने बताएका छन्। ‘हामीले कोरोना महामारी होस वा प्राकृतिक बिपत त्यो  समयमा समुदायमा पुर्याएको सेवा अभियानलाई अझ व्यापक बनाउनेछौं। स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणमा केन्द्रित परियोजनाहरू हाम्रो कार्यसूचीमा रहनेछन्,’ उनले भने। 

उनको अनुसार, लियो क्लबलाई सामाजिक सेवामा समर्पित मात्र होइन, युवाहरूको नेतृत्व विकासको प्रयोगशाला पनि बनाउनुपर्ने आवश्यकता रहेको छ। ‘हाम्रो संगठनले युवाहरूलाई नेतृत्वका लागि तयार पार्नुपर्छ। यसका लागि हामीले सीप विकास, तालिम र अवसरहरूको प्रबन्ध गर्नेछौं,’ उनले बताए। 

लियोको अन्तर्राष्ट्रिय पहिचानलाई मजबुत बनाउने लक्ष्य 

मण्डलले लियो ३२५ लाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विभिन्न पहलहरू गर्ने योजना समेत अघि सारेका छन्। ‘हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो पहिचान बलियो बनाउनुपर्छ। यसका लागि अन्तर्राष्ट्रिय साझेदारी, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता र नयाँ परियोजनाहरूको थालनी हाम्रो प्राथमिकतामा रहनेछ,’ उनले भने।


मण्डलको अभियानले अहिले लियो सदस्यहरूबीच व्यापक चर्चा पाएको छ। अब,यहि जेष्ठ १७ गते काठमाडौको बासबारीमा रहेको अमुप्रस्था होटेल एन्ड ब्यान्क्वेटमा सम्पन्न हुने कन्भेन्सनमा  उनको अभियानले बिजय प्राप्त गर्ने बिस्वास लिइएको छ ।

View : 559

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved