इटहरी : इटहरी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन यही पुस ६ गतेदेखि सुरू हुँदैछ ।
पहिलो दिन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पश्चात् सुरु हुने महाधिवेशनका बारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
५१ औँ राष्ट्रिय महाधिवेशनमा देश्भरीका १७८ शाखाबाट करिब पाँच हजार जेसीज सद्स्य सहभागी हुने र सोही महाधिवेशन बाट बर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन हुने महाधिवेशन निर्देशक दीपक ढकालले जानकारी दिए ।
पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए ।
‘पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक उद्घाटन भएपछि बाँकी कार्यक्रम अगाडि बढ्छन्,’ उनले भने, ‘कार्यक्रम तालिका अन्तर्गत प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तित्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ ।’
महाधिवेशनका लागि कोशी प्रदेश सरकारले अभिभाकत्व ग्रहण गरेको छ भने इटहरी उपमानगरपालिका संरक्षण रहेको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए । महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटलको व्यवस्थापन गरिएको उनको भनाइ छ ।
View : 81
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved