विराटनगर - कृष्ण लाइफको आयोजनामा विराटनगरमा ‘श्रवण–कीर्तन शिविर’ आयोजना हुने भएको छ ।
शिविरमा भगवद्–गीताका अन्तर्राष्ट्रिय वक्ता तथा प्रचारक डा. सव्यसाची प्रभु ले जीवन, अध्यात्म, मानव अस्तित्व र आधुनिक जीवनशैलीसँग सम्बन्धित विषयमा प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा जिज्ञासा राख्न सक्ने तथा प्रश्न–उत्तर सत्रसमेत सञ्चालन हुने बताइएको छ ।
एमबीबीएस चिकित्सकसमेत रहेका डा. सव्यसाची प्रभुले विभिन्न देशमा भगवद्–गीताको सन्देश प्रवाह गर्दै आएका छन् । युवापुस्तामाझ आध्यात्मिक चेतना, सकारात्मक सोच र जीवनदर्शनका विषयमा उनी चर्चित वक्ताका रूपमा परिचित छन् ।
शिविर जेठ ३ गते आइतबार दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सिटी प्यालेस मा सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
थप जानकारीका लागि ९८५१०१६१०८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
View : 105
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved