अर्गानिक घरको सफलताको यात्रा
विराटनगर, साउन १६
स्थानीय रैथाने उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यसहित स्थापना गरिएको ‘अर्गानिक घर’आफ्नो चार वर्षे यात्राका क्रममा सानो ठाउँ र सीमित स्रोतबाट सुरु भएको अर्गानिक घर शुक्रबारबाट पहिलेको पसल नजिकै ट्राफिक चौक रेन्बो गल्लीमै फराकिलो स्थानमा बिस्तार भई ४० भन्दा बढी जिल्लाका उत्पादनहरूलाई बजारमा जोड्ने सेतुका रूपमा स्थापित भएको छ।
नयाँ पसलको उद्घाटन विराटनगर महानगरपालिकाकि उपप्रमुख शिल्पा निराला कार्कीले गरेकी थिइन । सो क्रममा विराटनगरका प्रतिष्ठित युवा व्यावसायीहरुको समेत उपस्थिती रहेको थियो ।
"किसानदेखि बजारसम्म" को अवधारणामा आधारित अर्गानिक घर युवा उद्यमी अभिषेक गौतमको नेतृत्वमा सुरु भएको हो। सुरुवातमा एकजना कर्मचारीसहित सानो कोठाबाट थालनी गरिएको अर्गानिक घरमा हाल तीन जना कर्मचारी कार्यरत छन्।
गौतमका अनुसार अर्गानिक घरले स्थानीय किसान, महिला समूह र घरेलु उद्यमबाट उत्पादन भएका खाद्य सामग्री, जडीबुटी, मसला, दाल, तेल, चिया लगायतका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने काम गर्दै आएको छ।
"हामी किसानको पसिना र उपभोक्ताको विश्वास जोड्ने प्रयासमा छौं," गौतमले भने, "स्थानीय उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउनु नै हाम्रो मूल ध्येय हो।"
ग्राहकको बढ्दो चासो र मागसँगै अर्गानिक घरको कारोबारले गति लिएको छ। गुणस्तरीय उत्पादन, पारदर्शी कारोबार र समयमै सेवा उपलब्ध गराउँदै आएको अर्गानिक घरले छोटो समयमा नै उल्लेखनीय लोकप्रियता कमाएको छ।
चार वर्षमा स्थानीय उत्पादनको पहिचान, उपभोक्ताको विश्वास र आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनालाई मूर्तरूप दिन सफल अर्गानिक घर सामाजिक उद्यमशीलताको नमुना बनेको छ।
View : 607
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved